Here you can see live update about coronavirus for Nepal and latest updated news
Nov. 24, 2020
नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Nov. 24, 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल भर्ना नभएका कोरोना संक्रमितलाई १४ दिनपछि स्वत: निको भएको सूचीमा गणना गरिरहेको छ।
July 6, 2020
आइतबार काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १५ पुरुष र १५ महिलामा संक्रमण देखिएको छ। जसमध्ये विभिन्न अस्पतालमा २१ जनामा संक्रमण देखिएको छ भने ४ जना नेपाली सेना र ४ जना सशस्त्र प्रहरी अस्पतालका रहेको मन्त्रालयले जनाएको छ ।
June 18, 2020
भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
May 29, 2020
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।
May 29, 2020
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
May 28, 2020
दैलेख — बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीको समाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा संक्रमण देखिएका सबै दैलेखको नारायण नगरपालिकाका हुन् ।
May 24, 2020
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेका छन्।
May 23, 2020
संक्रमण पुष्टि भएकी हेटौंडा–४ हुप्रचौरकी ५४ वर्षीय महिलाको उपचारमा संलग्न ३ जना डाक्टरसहित १९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।
May 23, 2020
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
May 23, 2020
तिलोत्तमा — शनिबार रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् ।
May 17, 2020
काठमाडौँ — नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
May 16, 2020
नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ।धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी सिन्धुपाल्चोककी एक सुत्केरीको नोबल कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरुपमा पुष्टि गरेको छ। छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी रपीसीआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागिकेन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको थियो।
May 15, 2020
संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । बाँकेमा १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
May 13, 2020
नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ।
आज एकैदिन ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
May 13, 2020
मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट आएको खुलेको छ।
May 12, 2020
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९१ पुगेको हो ।
May 12, 2020
नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ।
६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
May 11, 2020
सोमबार थपिएका सप्तरीका कोरोना संक्रमित युवक चितवनबाट घर पुगेको खुलेको छ। डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहका अनुसार २० दिन अघि युवक चितवनबाट सप्तरी पुगेका हुन्।
May 9, 2020
सरकारले वैशाख २६ देखि लकडाउन केही खुकुलो बनाएको छ। यसअघि वैशाख २५ सम्मका लागि घोषणा गरिएको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय भइसकेको छ।
May 6, 2020
छप्कैयाको स्थिति बुधबार बिहानसम्म सामान्य थियो। लकडाउनले मान्छेहरू आ-आफ्नो घर बसे पनि चहलपहल सुनिन्थ्यो। बुधबार एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले छप्कैया चकमन्न छ।
May 5, 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८२ पुगेको जनाएको छ।
May 4, 2020
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ।
यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ।
May 4, 2020
नेपालगन्ज, रुपन्देही — बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क (अन्सारी टोल) मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका ९० जनाको स्वाब शनिबार संकलन गरी भेरी अस्पतालस्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा थप व्यक्तिमा संक्रमण भेटिएको हो ।
May 3, 2020
काठमाडौँ — आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।
May 3, 2020
टोलटोलमा गएर परीक्षण गर्दा नेपालगञ्जमा एकैदिन नौ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्।
नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ती संक्रमित फेला परेको उपमेयर उमा थापा मगरले बताइन्।
April 27, 2020
गाईघाट, वैशाख १५ गते । कोरोना भाइरस प्रभाबित क्षेत्र आसपासमा सोमबार थप ९१ जना को स्वाबको नमूना सङ्कलन गरिएको छ । दुई बच्चा, १५ महिला सहित ९१ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सोमबारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताउनुभयो ।
April 26, 2020
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १४ गते । विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या दुई लाख दुई हजार ८८० पुगेको छ ।
April 26, 2020
काठमाडौँ — वीरगन्ज महानगरपालिका छपकैयाँका थप दुईजनामा कोरोना संक्रमणको आशंका गरिएको छ । छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ ।
April 24, 2020
The coronavirus pandemic has sickened more than 2,636,000 people, according to official counts. As of Thursday evening, at least 183,000 people have died, and the virus has been detected in at least 177 countries, as these maps show.
April 17, 2020
काठमाडौं । शुक्रबार कोरोना भाइरसका १४ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ ।
April 14, 2020
काभ्रे — वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
April 14, 2020
धादिङ — धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।
April 12, 2020
वैज्ञानिक तथा चिकित्सकहरूले कोरोना भाइरस संक्रमण भइसकेपछि संक्रमितको मृत्यु हृदयघात, श्वासप्रश्वाससम्बन्धी समस्या, सेप्टिक सक वा शरिरका कयौं अंग खराब भएर पनि हुनसक्ने बताएका छन्।
April 12, 2020
काठमाडौँ — हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।
April 5, 2020
धनगढीका कोरोनाभाइरस (कोभिड-१९) संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ।
April 2, 2020
काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदका जिम्मा अब नेपाली सेनालाई दिने भएको छ।
April 2, 2020
काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दोहाबाट आएको कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका एक जनामा थप कोरोना देखिएको हो।
April 2, 2020
छैठौं व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।
April 2, 2020
ललितपुरको महालक्ष्मी नगरपालिकामा १३ जना इन्डोनेसियन नागरिकलाई क्वारन्टाइनमा राखिएको छ।
April 2, 2020
The government on Wednesday has published the list of hospitals for treatment of COVDI-19 across the country.
March 31, 2020
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदो छ। योसँगै निको हुनेको संख्या पनि बढ्दै छ।
March 31, 2020
विश्वभरि तहल्का मच्चाइरहेको कोरोना भाइरस धेरै वर्ष वा अझ दशकौंदेखि जनावरबाट मानिसमा सर्दै आएको हुनसक्ने एक अध्ययनले देखाएको छ।
March 30, 2020
अन्य मुलुकबाट सीमापार भएर आउनसक्ने सम्भाव्यता मध्यनजर गरेर भाइरस प्रवेश रोक्न सरकारले अति आवश्यक एवम् असाधारण उपाय अवलम्बन गरेको छ। शैक्षिक संस्था बन्द छन्, उत्सव तथा कार्यक्रम रोकिएका छन्। सबै उडान बन्द छन्। पूर्वसूचना दिएर यो चरणमा देश नै लक-डाउनमा छ।
March 30, 2020
काठमाडौँ — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु स्रोतका अनुसार ती व्यक्तिको मृत्यु कोरोना संक्रमणले नभएको प्रारम्भिक प्रयोगशाला परीक्षणमा देखिएको छ ।
March 29, 2020
बुटवल — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा उनको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय वर्षीय मृत्यु भएको हो ।
March 29, 2020
काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री चीनबाट आइतबार नेपाल आइपुगेको छ ।
March 29, 2020
काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी) कम्तीमा एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको बन्दाबन्दी सोमबार सकिँदैछ ।
March 28, 2020
नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
March 28, 2020
काठमाडौँ — फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएपछि संक्रमणको पुष्टी भएकी युवती सवार विमानमा सवार रहेका सबै यात्रुलाई अझै पनि प्रहरीले फेला पार्न सकेको छैन । चैत ४ गते फ्रान्सबाट कतार एयरवेजको क्युआर ६५२ विमान चढेर काठमाडौं आएका एक सय ५८ मध्ये शुक्रबारसम्म ८३ जना सेल्फ क्वारेन्टाइनमा रहेको सूचना प्रहरीले पाएको छ ।
March 27, 2020
काठमाडौँ — एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।
March 27, 2020
नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
March 27, 2020
काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस मिटमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका हुन्।
March 26, 2020
'तिमीलाई कस्तो छ प्रिय?' मैले बैठक कोठाबाट मेरो श्रीमानलाई फोन गरेँ।
March 26, 2020
लन्डनमा एक ४० वर्षीय नेपालीको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ। गत सोमबार मृत्यु भएका प्रशान्त अर्याललाई कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
March 26, 2020
Stay aware of the latest information on the COVID-19 outbreak, available on the WHO website and through your national and local public health authority. Most people who become infected experience mild illness and recover, but it can be more severe for others. Take care of your health and protect others by doing the following:
March 26, 2020
देशभरि साताव्यापी लक डाउन जारी छ। मानिसहरू एकअर्काको सम्पर्कमा धेरै नआऊन् र कोरोना भाइरस फैलिन नपाओस् भनेर सरकारले लक डाउन गरेको हो।
March 26, 2020
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित बिरामी जाँच्ने चिकित्सकले लगाउने एप्रोन (प्रर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) बनाउन सुरू गरेको छ।
March 26, 2020
भारत र बंगलादेशबाट आएका २३ जना नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएको छ।
March 26, 2020
सरकारले सात वटै प्रदेशमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने भने पनि त्यसको लागि समय लाग्ने देखिएको छ। कोरोना परीक्षण गर्ने ल्याबको बनावट विशिष्ट हुने भएकाले त्यसको लागि समय लाग्ने भएको हो।
March 26, 2020
पछिल्लो दुई सातामा विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार गुनाले बढेको छ।
March 26, 2020
कोरोना संक्रमणको आशंकामा मकवानपुरको मनहरी गाउँपालिका निवासी १ जनालाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा रिफर गरिएको छ ।
March 25, 2020
नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।
March 25, 2020
कोरोना भाइरसको रोकथामका लागि सरकारले ‘लकडाउन’ गराएको मंगलबार पहिलो दिन । तर, सप्तरीका अधिकांश स्थानमा सरकारको निर्णय उल्लंघन भएपछि सेना परिचालन भएको छ । सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् ।
March 24, 2020
काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न आफ्नो मुलुकले चिकित्सा सामग्रीहरुको सहयोग गर्ने चिनिया राजदूत होउ यान्छीले मंगलबार बताएकी थिइन् ।
March 24, 2020
काठमाडौँ — लकडाउन उल्लंघन गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुलहुज्जत गरेर सडकमा निस्किएका उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।
March 24, 2020
काठमाडौँ — सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले निजी क्षेत्रहरुले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण तथा सामग्री ल्याउन खोज्नेलाई सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।
March 24, 2020
काठमाडौँ — नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्ने कुटनीतिक माध्यममार्फत् पत्र लेखेकोमा सहयोग छिटै आउने भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
March 24, 2020
बागलुङ — जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना भाइरसविरुद्ध लकडाउन अभियानलाई प्रभावकारी बनाउन सेना परिचालन गर्ने भएको छ ।
March 24, 2020
टोकियो — सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ ४ बाट सुरु हुने कार्यक्रम थियो ।
March 24, 2020
नोबेल पुरस्कार विजेता तथा स्ट्यान्फोर्ड विश्वविद्यालयका बायो–फिजिसिस्ट (जैविक विज्ञ) माइकल लेभिटले गत जनवरीमै कोरोना भाइरस संक्रमितको तथ्यांक विश्लेषण सुरू गरेका थिए। उनले चीनको तथ्यांक केलाउँदै जे प्रक्षेपण गरे, त्यो ठ्याक्कै मिल्न आयो।
March 24, 2020
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै जहाजमा आएकामध्ये केही सरकारको सम्पर्कमा आएका छन्।
March 24, 2020
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ।
March 23, 2020
सरकारले भोलिदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको निर्णय गरेको हो। यो सँगै भोलिदेखि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्।
March 23, 2020
फ्रान्सबाट कतार हुँदै आएकी एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी एक युवतीको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।